साउन ३१ , काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षाका कारण बाढीपहिरो र डुबानबाट प्रभावित तराई–मधेसका नौ जिल्लाको अवलोकन गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले सोमबार बाढी प्रभावित बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सुनसरी, मोरङ र झापाको अवलोकन गर्नुभएको हो । अवलोकनका क्रममा प्रधानमन्त्री देउवाले इटहरीमा रहेको नेपाली सेनाको पूर्वी पृतनामा पूर्वाञ्चल क्षेत्रका सबै सरकारी अधिकारीलाई कुनै कमीकमजोरी नआउने गरी राहत र उद्धारमा खटिन निर्देशन दिनुभयो ।
उहाँले इटहरीको कृष्ण मन्दिरमा बाढी प्रभावितसँग साक्षात्कार गर्दै राहत र क्षतिपूर्ति रकम छिट्टै उपलब्ध गराउने विश्वास दिलाउनुभयो ।