आज १ सय २९ औँ अन्तराष्ट्रिय श्रमिक दिवस | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

आज १ सय २९ औँ अन्तराष्ट्रिय श्रमिक दिवस

labourday

काठमाडौं, १८ बैशाख । आज १ सय २९ औँ अन्तराष्ट्रिय श्रमिक दिवस । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा नेपालमा पनि विभिन्न कार्यक्रम गरी श्रमिक दिवस मनाइँदैछ ।

सन् १८ सय ९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो । विश्वका मजदुरले श्रमिक दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दवाव दिन विभिन्न कार्यक्रम गर्दै आएका छन् । नेपालमा बिक्रम सम्वत २००७ सालमा विराटनगरमा भएको मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । मजदूर दिवसका अवसरमा विभिन्न कार्यक्रम तय गरिएको मजदूर संगठनहरुले जनाएका छन् । राजनीतिक पार्टी नै पिच्छे मजदूर संगठन क्रियाशिल छन् ।

श्रमिक दिवस मनाउने क्रममा श्रमिकको ज्याला वृद्धि र सामाजिक सुरक्षा कोषको परिचालनलाई जोडदाररुपमा उठाउने मजदूर संगठनका नेताहरुले बताएका छन् । हाल मजदूरको न्युनतम ज्याला मासिक नौ हजार ९ सय ४७ रुपैयाँ छ । उक्त तलबले कुनै पनि मजदूर बाँच्न सक्ने अवस्था नभएकाले तत्काल ज्याला वृद्धि गर्नुपर्ने मजदूर नेताहरुको भनाइ छ ।

मजदूरको हितका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन र नयाँ श्रम ऐन बनेपनि नियमावलीको अभावमा दुवै ऐन कार्यान्वयनमा आउन सकेका छ्रैनन् । श्रमिक दिवसका अवसरमा आज सार्वजनिक विदा दिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);