सन्दीपलाई कहिले मैदानमा उतार्ला दिल्लीले? | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

सन्दीपलाई कहिले मैदानमा उतार्ला दिल्लीले?

sandeep lamichane

काठमाडौं, ११ बैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल)मा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने पनि अनुबन्धित रहेको दिल्ली डेयरडेभिल्सले ६ खेल खेलिसकेको छ । तीमध्ये एक खेलमा जितेपनि ५ खेलमा दिल्लीले हारेको छ । तर, सन्दीपले अहिलेसम्म खेल्न पाएका छैनन् ।

सन्दीपलाई २० लाख भारतीय रुपैयाँमा दिल्ली डेयरडेभिल्सले आईपीएलको अक्सनमा खरिद गरेको थियो । तर, अहिलेसम्म सन्दीपलाई उसले मैदान उतारेको छैन । लिगको ५ खेलमा हारिसकेको दिल्लीका लागि अहिलेसम्म ८ मध्ये ६ विदेशी खेलाडीले मौका पाएका छन् ।

दिल्लीले पहिलो खेलमा ओपनर कोलिन मुनरो, अलराउन्डरद्वय क्रिस मोरिस र ड्यानीएल क्रिस्टियन तथा तीव्र गतिका बलर ट्रेन्ट बोल्टलाई खेलाएको थियो । दोस्रो खेलमा क्रिस्टियनको स्थानमा म्याक्सवेलले विदेशी खेलाडीका रुपमा खेले । तेस्रो खेलमा भने मोरिस बिरामी परेपछि क्रिस्टियन टोलीमा फर्केका थिए ।

उक्त खेलमा मुनरोको स्थानमा इनिङ्सको सुरुआत गरेका जेसन रोयले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाए । उनी खेलको म्यान अफ द म्याच पनि चुनिए । त्यसै प्रदर्शनले उनले बाँकी खेलमा आफ्नो स्थान बलियो बनाएका छन् । अन्य विदेशी खेलाडीको हकमा भने ट्रेन्ट बोल्टले अहिलेसम्मको खेलमा औसत प्रदर्शन गरेका छन् ।

कागीसो रबाडा घाइते भएपछि उनको स्थानमा आएका लियाम प्लंकेटले पनि बोल्टको स्थान लिने सम्भावना बलियो छ । म्याक्स्वेल र क्रिस्टियनको प्रदर्शन भने खासै सन्तोषजनक देखिएको छैन । पहिलो खेलमा दिल्लीका स्पिनर अमित मिश्राले खराब बलिङ गरेपछि उनको स्थानमा दोस्रो खेल सहबाज नदीमले खेले । नदीमले उक्त खेलमा २ विकेट लिए पनि अरु खेलमा जम्न सकेनन् ।

अर्का स्पिन अलराउन्डर राहुल टेवाटियाले भने राम्रो प्रदर्शन गरिरहेका छन् । मंगलबार किंग्स इलाभेन पञ्जावसँगको खेलमा टिवाटियाले अरु खेलाडीको तुलनामा सन्तोषजनक प्रदर्शन गरे । दिल्लीले आवश्यक पारेको स्थितिमा म्याक्सवेलको अफ स्पिनको पनि सहारा लिन सक्छ ।

सन्दीपले यदि मुख्य स्पिनरको भूमिका खेल्ने हो भने क्रिस्टियन, म्याक्सवेल र मोरिसमध्ये एकजना मात्र खेल्नुपर्ने हुन सक्छ । त्यसका लागि टोलीमा भारतीय मुलका मध्येक्रमका ब्याट्सम्यानका रुपमा नमन ओझा, पृथ्वी शअ, अभिषेक शर्मा विकल्पका रुपमा उत्रन सक्छन् ।

अन्य टोलीमा स्पिनरले राम्रो प्रदर्शन गरिरहँदा दिल्लीले सन्दीपलाई विकल्पको रुपमा उभ्याउन सक्ने अड्कलबाजी भइरहेको छ । यद्यपि, निकै उत्साहित हुँदै सन्दीपलाई टोलीमा भित्र्याएको दिल्लीले उनलाई मैदान उतार्नेबारे केही बोलेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);