काठमाडौं, २ बैशाख । धितोपत्र ब्रोकरहरुले अनलाईनमार्फत् सेयर खरिद बिक्री गर्न पाउने भएका छन । आईतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष डाक्टर रेवतबहादुर कार्कीले धितोपत्रको कारोबार प्रक्रियालाई पारदर्शी बनाउन अनलाईन सेवा सञ्चालनमा ल्याइएको बताए ।
बोर्डले इच्छुक लगानीकर्ताका लागि अनलाईनमार्फत् धितोपत्र खरिद विक्रीका लागि आदेश दिनसक्ने व्यवस्था गर्न धितोपत्र दलाल व्यवसायीहरुलाई परिपत्र पनि गरेको छ ।
यस व्यवस्थाबाट धितोपत्रको कारोबार व्यवस्थित हुने अपेक्षा गरिएको छ । बोर्डका अध्यक्ष कार्कीले धितोपत्र कारोबार १ वर्ष भित्र सबै जिल्लामा सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।