अर्बौं रुपैयाँको चिनी आयात गरे पनि चार वर्षदेखि उखु उत्पादन निरन्तर घट्यो | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८१, शनिबार

अर्बौं रुपैयाँको चिनी आयात गरे पनि चार वर्षदेखि उखु उत्पादन निरन्तर घट्यो

sugarcane

काठमाडौं, २९ चैत । वार्षिक अर्बौं रुपैयाँको चिनी आयात गरे पनि चार वर्षदेखि उखु उत्पादन निरन्तर घटिरहेको सरकारी तथ्यांकले देखाउँछ । किसानलाई उखु खेतीमा आकर्षित गर्न नसक्दा उखु खेती गर्ने क्षेत्रफल पनि खुम्चिएको छ ।

चार वर्षको अवधिमा उखु उत्पादन ६ लाख ९५ हजार नौ सय ३९ टनले कमी आएको छ । आर्थिक वर्ष ०७०/ ७१ मा ३३ लाख १५ हजार नौ सय ३९ टन उत्पादन भएकोमा आर्थिक वर्ष ०७३/ ७४ मा २६ लाख २० हजार टनमा सीमित रहेको चिनी उद्योग संघले जनाएको छ । चिनी उद्योगले समयमै भुक्तानी नदिएपछि किसान उखु खेतीबाट विस्थापित भएका छन् । सरकार र चिनी उद्योगीको कारण किसानले विकल्प खोजेको हो ।

चिनी उद्योगले वर्षौंसम्म भुक्तानी नदिने र ‘सरकारले उखु किसानको संरक्षण गर्न नीति नल्याउनु नै उखु उत्पादनमा कमि आउनुको प्रमुख कारण मानिएको छ । पछिल्लो समय कृषकले उखु खेति छाडेर अन्य खेती रोज्न थालेका छन् । केही उखु किसानले उखु चिनी उद्योगलाई नबेचेर सक्खर मिललाई दिने गरेका छन् । तराईका उखु किसानहरुले तिन वर्षअघिदेखिको भुक्तानी नपाउने गरेका छन् । उखु किसानले रकम पाउनको लागि सधैं आन्दोलन गर्नुपर्ने बाध्यता छ ।

उद्योगमा ताला लगाएर प्रशासनमा जुलुस, धर्ना गरेपछि केही रकम भुक्तानी हुन्छ र रकम दिने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता हुन्छ । तर पैसा भुक्तानी हुँदैन् । रकम दिलाइदिने व्यवस्था मिलाउन किसान उद्योग, कृषि विकास मन्त्रालय धाए पनि काम हुन सकेको छैन । यसले गर्दा चिनी उत्पादन बढ्न सकेको छैन् । यसैको फाइदा उठाउँदै निजी व्यवसायीले महङ्गोमा चिनी बेच्दा उपभोक्ता मर्कामा पर्ने गरेका छन् ।

अर्कोतर्फ निजी क्षेत्रको एकाधिकार बजार तोड्न र उपभोक्तालाई सुलभ मूल्यमा चिनी उपलब्ध गराउन साल्ट टेडिङ कर्पोरेशनले भारतबाट चिनी आयात गर्ने गरेको छ । नेपालमा उखु किसानहरूले भाउ नपाएर तड्पिनुपर्ने अनि सरकारले भारतबाट चिनी ल्याएर बेच्नुपर्ने असामान्य अवस्थाको अन्त्य भने अझै हुन सकेको छैन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);