काठमाडौं, २५ चैत । काठमाडौंमा खानेपानी, वातावरण र जलवायु परिवर्तनसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपालले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मंगलबारबाट खानेपानी, वातावरण र जलवायु परिवर्तन सम्बन्धि ३ दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको जानकारी गराएको हो ।
सम्मेलनमा २० देशका करिव ५ सय जना विज्ञहरु सहभागी हुने जनाइएको छ । विभिन्न १५ विषयका १ सय १६ वटा कार्यपत्र प्रस्तुत हुने सम्मेलनमा खानेपानी तथा सरसफाई कार्यालयका इन्जिनियरहरु अनिवार्य सहभागी हुने व्यवस्था मिलाइएको छ ।