प्रधानमन्त्री ओलीलाई भारतद्दारा उच्च सम्मान | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

प्रधानमन्त्री ओलीलाई भारतद्दारा उच्च सम्मान

pm kp oli

काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले उच्च सम्मान दिएको छ ।

आज देखि भारतको राजकीय भ्रमणमा गएका प्रधानमन्त्री ओलीलाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमै गृहमन्त्री राजनाथ सिंहलाई भेटन पठाएर उच्च सम्मान दिएको हो । प्रधानमन्त्री ओलीलाई २०६४ सालमा तात्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालापछिको सबैभन्दा उच्च सम्मान हो । तात्कालिन प्रधानमन्त्री स्वर्गीय कोइरालालाई भने तात्कालिन प्रधानमन्त्री डाक्टर मनमोहन सिंह आफै विमानस्थल पुगेर स्वागत गरेका थिए ।

अघिल्लो कार्याकालमा प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदा विदेशमन्त्री सुष्मा स्वराजले विमानस्थलमा स्वागत गरेकी थिइन् । एक वर्ष अघि प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवार र दुइ वर्ष अघि पुष्पकमल दाहाल प्रचण्डको भ्रमणमा पनि सुस्मा स्वराजले नैं स्वागत गरेकी थिइन् । नेपालमा भारतीय प्रधानमन्त्रीको भ्रमण हुँदा विमानस्थलमा प्रधानमन्त्री पुगेर स्वागत गर्ने प्रचलन छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);