मानव बेचविखन विरुद्धको कानुन फितलो भएको आयोगको भनाई | ईमाउण्टेन समाचार

Our Network

माघ ७ २०८१, सोमबार

साउन २७ , काठमाण्डौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानव बेचबिखन विरुद्धको कानुन फितलो भएको बताउनुभएको छ ।

शुक्रबार राजधानीमा आयोजित मानवबेचबिखन बिरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले मानवबेचबिखन बिरुद्ध निर्माण गरिएका कानुनको कार्यान्वयन पक्ष फितलो भएको बताउनुभयो । उहाँले नेपालमा मानव बेचबिखनको समस्या बिकराल भएको बताउदै अनुसन्धान गर्ने तरिका पुरानै भएकाले समस्या यथावत रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा ललितपुर जिल्लाका न्यायाधीश टंकनारायण कुवँरले नेपाल दक्षिण एसियाकै मानवबेचबिखनबाट अधिक प्रभावित देश भएको बताउदै कानुनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले मानव बेचबिखनमा संलग्न दोषीलाई अझै कानूनको दायरामा ल्याउन नसकिएको स्वीकार्नुभयो ।

कार्यक्रममा मानव बेचबिखनबिरुद्धका अभियत्ताहरुले समस्या समाधानका लागि सरकारले उचित कदम उठाउन पर्ने जोड दिएका थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);