रुपन्देही, २१ चैत । रुपन्देहीको देवदहका फर्निचर व्यवसायी बलु पौडेलको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बलुको हत्या गरेको आरोपमा लमजुङ बाङ्ग्रे गाउँपालिकाका सुवास गुरुङलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो । पक्राउ परेका गुरुङलाई रुपन्देही प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।
गुरुङ बलु हत्याकाण्डका सुटर भएको प्रहरीको भनाई छ । मुख्य योजनाकार भनिएका मनोज पुन र सोम आलेका प्रहरीकको इन्काउन्टरमा मृत्यु भएको थियो । बलुको गत पुस २ गते हत्या भएको थियो ।




