काठमाडौं, १९ चैत । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमूल्य बढाएको छ । स्वचालित मूल्य प्रणालीअनुसार निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजल र मट्टितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।
बढेको मुल्य आज राति राति १२ बजेबाट लागू हुनेछ निगमले जनाएको छ। बृद्धि भएको मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १०५, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ८५ रुपैयाँ पुगेको छ ।