चितवन, १९ चैत । चितवन भरतपुर महानगरकी मेयर रेणु दाहालले सोचे अनुसार काम गर्न नसकेको बताएकी छन् । चितवनको भरतपुर महानगरले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले काम गर्ने इच्छा भएपनि विभिन्न कठिनाईले काम गर्न नसकिएको बताइन् । अन्य स्थानीय तहको तुलनामा भरतपुरले एक कदममाथि रहेर काम गरेको उनको दाबी छ ।
उनले स्थानीय सरकार ऐन अन्तर्गत कर फराकिलो बनाएको स्पष्ट पारिन् । करको दर र दायरा अहिले अव्यवहारिक र अवैज्ञानिक देखिएको भन्दै उनले परिमार्जन गर्दै लैजाने बताइन् ।