प्रधानमन्त्री ओलीको ‘तुइनमुक्त नेपाल’ घोषणा अलपत्र | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रधानमन्त्री ओलीको ‘तुइनमुक्त नेपाल’ घोषणा अलपत्र

tuin kp oli

काठमाडौं, १९ चैत । केपी शर्मा ओलीले अघिल्लोपटक प्रधानमन्त्री हुँदा मुलुकभरबाट तत्काल तुइन हटाउने पहिलो निर्णय गरेका थिए । तर, उनी दोस्रोपटक सत्ताको नेतृत्वमा पुग्दा पनि मुलुकका विभिन्न नदीमा रहेका तुइन जस्ताका तस्तै छन् ।

२०७२ असोज २५ मा ‘देशभरका तुइन हटाउने’ प्रधानमन्त्री ओलीको पहिलो निर्णय साढे दुई वर्ष बितिसक्दा पनि पूरा हुन नसकेको हो । अघिल्लोपटक ओली करिब १० महिना सत्तामा बसेका थिए । उनीपछि पुष्पकमल दाहाल र शेरबहादुर देउवा प्रधानमन्त्री बनेर बाहिरिएका छन् । ओलीको ‘तुइनमुक्त नेपाल’ बनाउने घोषणा अलपत्र छ ।

उनले घोषणा गरेको साढे दुई वर्ष बितिसक्दा ८१ वटा तुइन हटेर झोलुंगे पुल बनेको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको दाबी छ । प्रधानमन्त्री ओलीले दुई वर्षभित्रमा तुइन हटाएर झोलुंगे पुल बनाउने प्रतिबद्धता जनाएका थिए ।

केपी ओली नेतृत्वको अघिल्लो सरकारले एक सय ८७ वटा तुइन विस्थापन गर्ने निर्णय गरेको थियो । अहिलेसम्म ८१ वटा स्थानमा तुइन हटाएर झोलुंगे पुल बनाइएको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका महानिर्देशक जीवनकुमार श्रेष्ठले बताए ।
उनका अनुसार अझै ५३ वटा तुइन हटाएको ठाउँमा पुल बन्न बाँकी छ। बाँकी ४८ वटा बनाउन तुइन बनाउन नपर्ने महानिर्देशक श्रेष्ठले बताए । भारतले महाकाली नदीमा निर्माण स्वीकृति नदिँदा ५ वटा पुल बनाउन नसकिएको उनले बताए । ४८ वटा तुइन भएका स्थानमा मोटरेबल पुल र फास्ट ट्र्याकले विस्थापित गरेका कारण बनाउन नपरेको उनले बताए । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);