काठमाडौं, १८ चैत । स्थानीय सरकार प्रमुखहरुले जनचाहना अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
गाउँपालिका राष्ट्रिय महासंघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागि हुन आएका गाउँपालिका अध्यक्षहरुले जनताको आकंक्षा सम्बोधन गर्नु नै आफूहरुको प्राथमिकता भएको बताएका हुन् । नुवाकोट तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले आफ्नो गाउँपालिकालाई अनुशाशित, मर्यादित र भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।
बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले आफ्नो गाउँपालिकालाई समक्ष बनाउने बताए । उनले महासंघको नयाँ नेतृत्वले गाउँपालिकालाई समक्ष बनाउन आवश्यक मार्गनिर्देशन गर्ने विश्वाससमेत व्यक्त गरे । सोमबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा ७ सय ५३ वटा गाउँपालिकाका प्रतिनिधिहरु सहभागी भएका छन । महाधिवेशनमा स्थानीय सरकारको विकास र सुशासनका विषयमा व्यापक छलफल भईरहेको जनाइएको छ ।