छक्का पञ्जामय फान | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

छक्का पञ्जामय फान

chakka panja

काठमाडौँ, १८ चैत । चलचित्र कलाकार संघ (फान) ले गत वर्षदेखि गर्दै आएको फिल्म अवार्डमा यस वर्ष फिल्म ‘छक्का पञ्जा’ ले वर्चस्व राखेको छ ।

२४ विधामध्ये उक्त फिल्मले नौ विधामा अवार्ड जित्यो । उत्कृष्ट फिल्मसहित ‘छक्का पञ्जा’ ले पटकथा, नवनिर्देशक, संगीतकार, खलपात्र, हास्यकलाकार, सहअभिनेता, नृत्यनिर्देशक र संवादमा फान अवार्ड जितेको हो ।

प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको अवार्ड समारोहमा वरिष्ठ निर्देशक नीर शाहलाई १ लाख ११ हजार रुपैयाँसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइयो । फिल्म ‘जात्रा’ ले कथासहित अभिनेता र सम्पादनमा अवार्ड थापेको छ । उत्कृष्ट अभिनेताका लागि उक्त फिल्मबाट विपिन कार्कीले अवार्ड जित्दा अभिनेत्रीतर्फ ‘डाइङ क्यान्डल’ की सृजना सुब्बा उत्कृष्ट ठहरिन् । सहअभिनेतामा ‘छक्का पञ्जा’ कै जितु नेपाल, खलपात्रमा दीपकराज गिरी, हास्यकलाकार केदार घिमिरे, संगीतकार राजनराज शिवाकोटी र नृत्य निर्देशकमा कविराज गहतराजले बाजी मार्दा पटकथा र संवादमा गरी दीपकले हयाट्रिक गरे ।

त्यसो त संवादतर्फको अवार्ड उनले जितु र केदारसँग संयुक्त रूपमा पाएका हुन् । नवनिर्देशकका लागि यसै फिल्मबाट दीपाश्री निरौला भाग्यमानी बनिन् । नवअभिनेताका लागि आर्यन अधिकारीले ‘के म तिम्रो होइन र’ बाट अवार्ड जित्दा नवअभिनेत्रीका लागि ‘गाजलु’ बाट सृष्टि श्रेष्ठले प्रतिस्पर्धीलाई उछिनिन् ।

त्यसैगरी, निर्देशकमा ‘गाजलु’ बाट हेमराज बीसी, ‘के म तिम्रो होइन र’ बाटै गौरी मल्लले चरित्र अभिनेत्री, ‘किस्मत २’ बाट सन्तोष पन्तले उत्कृष्ट चरित्र अभिनेता, ‘जय पर्शुराम’ बाट एनबी महर्जनले उत्कृष्ट द्वन्द्व निर्देशन, ‘जात्रा’ बाट मित्र डी गुरुङले उत्कृष्ट सम्पादनमा अवार्ड थापे । त्यस्तै, छायांकार रविन आचार्य (डाइङ क्यान्डल), गीतकार कृष्णहरि बराल (शब्द), गायक कालीप्रसाद बाँस्कोटा (पुरानो डुंगा), गायिका मीना निरौला (लुट २) पनि उत्कृष्ट ठहरिए ।

अवार्डमा प्रदीप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई वर्षका लोकप्रिय नायक–नायिकाको अवार्ड प्रदान गरियो भने चलचित्र पत्रकारिता पुरस्कारबाट ध्रुव लम्साल र लक्ष्मण सुवेदीलाई सम्मानित गरियो । कान्तिपुर पत्रिकाबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);