काठमाडौं, १८ चैत । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । खड्काको पार्थिब शरीर दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
खड्काको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । यसैबीच, कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक नेता खड्काको निधनका कारण अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ ।