मन्त्री पण्डितबाट कार्यविधि स्वीकृत: करारमा कर्मचारी लिन पाउने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मन्त्री पण्डितबाट कार्यविधि स्वीकृत: करारमा कर्मचारी लिन पाउने

khali kursi

काठमाडौं,१४ चैत । प्राविधिक कर्मचारीको अभावले समस्या झेलिरहेका स्थानीय तहलाई अब सहज हुने भएको छ । सरकारले स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन सम्बन्धि कार्यविधि २०७४ नमुना कार्यविधि स्वीकृत गरेसँगै स्थानीय तहलाई करारमा जनशक्ति नियुक्त गर्ने बाटो खुलेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मंगलबार स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापनसम्बन्धि कार्यविधि स्वीकृत गरेको हुन् । मन्त्रीस्तरीय निर्णयसँगै अब यस कार्यविधिलाई सम्बन्धित स्थानीय तहले आ–आफ्नो आवश्यकताअनुसार कार्यपालिकाको बैठकबाट निर्णय गरी लागू गर्न सक्नेछन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले स्थानीय तहको सेवा प्रभावकारी र नियमित गर्न स्थानीय तहलाई तुरुन्तै प्राविधिक जनशक्तिको आवश्यकता परेकाले कार्यविधि जारी गरिएको बताए । आजको नागरिक दैनिकमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);