कतारमा अलपत्र नेपाली कामदार कमिसन बुझाउँदै काममा | ईमाउण्टेन समाचार

Our Network

पुष १३ २०८१, शनिबार

कतारमा अलपत्र नेपाली कामदार कमिसन बुझाउँदै काममा

nepali katar aalptra

काठमाडौं, ११ चैत । विभिन्न म्यानपावर कम्पनीमार्फत कतार पुगेर अलपत्र परेका नपाली कामदरा गैरकानुनी हैसियतमा काम गर्न बाध्य भएका छन् । कतारस्थित नेपाली राजदुतावासले उद्धारमा कमिसन दिएर त्यहाँका विभिन्न कम्पनीमा काम गर्न बाध्य भएका हुन् ।

नेपाली कामदार अलपत्र परेर बसेको स्थान अलओफरा नेपाली दुतावास रहेको दोहाबाट गाडीमार्फत तीन घन्टाको दुरीमा छ । तर, हालसम्म दुतावासबाट अलपत्र कामदार भेट्न कोह पनि पुगेका छैनन् । तीन साताअघि उनीहरुले दतावासमै पुगेर आफुहरुको उद्धारका लागि आग्रहसमेत गरेका थिए । तर, अलिहेसम्म पनि कुनै सुनुवाई नभएको गुनासो उनीहरुको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);