धनगढी, ८ चैत । प्रदेश नम्बर ७ को संसदले चार वटा संसदीय समिति गठन गरेको छ । बिहिबार बसेको संसद बैठकले सार्वजनिक लेखा समिति, अर्थ, विकास तथा प्राकृतिक स्रोत समिति, सामाजिक विकास समिति र विधायन तथा प्रदेश मामिला समिति गठन गरेको हो ।
बैठकले समितिको सदस्यहरु पनि चयन गरेको छ । समितिहरुको सभापति भने अब बस्ने सम्बन्धित समितिको बैठकले चयन गर्ने प्रदेश ७ को संसद सचिवालयले जनाएको छ । प्रदेश संसदको अर्को बैठक चैत्र १६ गते बस्ने छ ।