चन्द्रागिरी नजान आफ्ना नागरिकलाई अमेरिकी दूतावासको अलर्ट | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८३, शनिबार

चन्द्रागिरी नजान आफ्ना नागरिकलाई अमेरिकी दूतावासको अलर्ट

us america

काठमाडौं, ८ चैत । नेपालस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई चन्द्रागिरि केबुलकारसहित काठमाडौं वरपर घुमफिरमा नजान भ्रामक ‘ट्राभल्स एड्भाइजरी’ जारी गरेको छ ।

कुनै कम्पनी विशेषलाई मात्रै जोडेर अमेरिकी दूतावासले पहिलो पटक जारी गरेको यस्तो एड्भाइजरीप्रति नेपालको पर्यटन क्षेत्रले आपत्ति जानाएको छ । माओवादी युद्धमा समेत यस्तोखाले एड्भाइजरी जारी नभएको जानकारहरु बताउँछन् ।

दूतावासले गत शुक्रबार एड्भाइजरी जारी गर्दै उक्त क्षेत्रमा भ्रमणमा नजान आग्रह गरेको थियो । दूताबासले उक्त क्षेत्रमा स्थानीय समूहले धम्की तथा त्रास फैलाएको भन्दै आफ्ना नागरिकका लागि सुरक्षा एलर्ट जारी गरेको हो । दूतावासले निकालेको उक्त अर्लटमा मार्च महिनाभर उक्त क्षेत्रमा नजान आग्रह गरिएको छ ।

सरकारले पनि अमेरिकी दूतावासको दाबी भ्रामक रहेको भन्दै खण्डन गरेको छ। नेपालमा पछिल्लो समय कुनै क्षेत्रमा अमेरिकी दूतावसले भनेजस्तो सुरक्षाको खतरा नभएको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले बताए । आजको कारोबारको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

ताजा समाचार