कालिकोट, ६ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटका दुई स्थानीय तहको कागजपत्र नियन्त्रणमा लिएको छ । स्थानीय तह गठन भएको एक बर्ष पनि नपुग्दै विकासे बजेटमा अनियमितता गरेको आशंकामा अख्तियारले कागजपत्र नियन्त्रणमा लिएको हो ।
नरहरीनाथ गाउँपालिका र महावै गाउँपालिका कार्यालयको कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको हो ।
स्थानीय तहले पारित गरेको कार्यविधिको कागजपत्र अख्तियारले नियन्त्रणमा लिएको छ । महावै गाउँपालिकाले भ्रमण खर्च भन्दै ४० लाख रुपैयाँ छुट्टाएको छ । गाउँपालिकामा अनियमितता भएको गुनासो आएपछि अख्तियारले छानबिन सुरु गरेकोे हो । एमाले र माओवादी केन्द्रले पनि गाउँपालिकामा अनियमितता भएको आरोप लगाएका छन् ।