नयाँ मुना पलाएपछि इलाममा चियाको पहिलो टिपाई सुरु | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

नयाँ मुना पलाएपछि इलाममा चियाको पहिलो टिपाई सुरु

इलाम, ६ चैत । इलाममा चियाको पहिलो टिपाई सुरु भएको छ । बगानमा नयाँ मुना पलाएपछि पहिलो टिपाई सुरु गरिएको हो ।

लेकाली क्षेत्रमा अझै मुना नपलाए पनि मध्यम र तातो बढेका क्षेत्रहरुमा मुना पलाएकाले टिप्न सुरु गरिएको हो । पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले छिट्टै चिया टिप्न लागिएको कृषकहरुले बताएका छन् ।

यसबर्ष मौसमले पनि चिया कृषकहरुलाई साथ दिएको छ । समयमा पानी परेकाले छिट्टै चिया टिप्न पाएका हुन् । अघिल्लो बर्ष चैत अन्तिमबाट मात्रै टिपाई सुरु भएपनि यो बर्ष चैतको पहिलो साताबाटै टिपाई सुरु भएको हो । चिया टिप्न थालेपछि बगानका मजदुर व्यस्त भएका छन् । चिया कारखानाले पनि चिया प्रशोधनको तयारी थालेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);