एक लाख पनि ऋण दिन नसक्ने अवस्थामा बैंक | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८२, बुधवार

एक लाख पनि ऋण दिन नसक्ने अवस्थामा बैंक

bank

काठमाडौं, ४ चैत । करिव ६ महिनादेखि लगानी गर्ने पैसाको अभाव झेल्दै आएका अधिकांश वाणिज्य बैंकहरु अहिले एक लाख रुपैयाँ पनि ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् ।

सर्वसाधारणले बैंकमा पैसा जम्मागर्न नआएपछि पुँजी अभावमा कर्जा लिन आउनेहरु रित्तो हात फर्कन बाध्य भएका छन् । बैंकमा मिलेसम्मको कर्जा प्रवाह गरेको र दैनिक ऋणको माग पनि बढ्दै जाँदा त्यस अनुपातमा निक्षेप संकलन नभएपछि बैंकहरु यस्तो अवस्थामा आएका हुन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।