काठमाडौं, २ चैत । नवनिर्वाचित उपसभामुख शिवमाया तुम्बाहाम्फेले संविधानको परिधि भित्र रहेर आफूले भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
शुक्रबार उपसभामुखमा निर्वाचित भएलगत्तै संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ कुराकानी गर्दै उनले थुप्रै कानुन निर्माण गर्नुपर्ने दायित्व आफूमाथि आईपरेको प्रतिक्रिया दिएकी छन् । उनले संविधान अनुसार जनताको काम गर्न आफू प्रतिवद्ध रहेको स्पष्ट पारिन् ।
शुक्रबार प्रतिनिधिसभाले बहुमतले एमालेकी सांसद तुम्बाहाम्फेलाई सभामुखमा निर्वाचित गरेको थियो । २०४७ सालमा एमालेको पार्टी सदस्यता लिएकी तुम्बाहाम्फेले पार्टी केन्द्रिय सदस्यको भूमिका समेत निर्वाह गरिसकेकी छन् ।