कन्काई नगरपालिका नेपालकै पहिलो विद्युत चोरीमुक्त स्थानीय तह घोषणा  | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

कन्काई नगरपालिका नेपालकै पहिलो विद्युत चोरीमुक्त स्थानीय तह घोषणा 

kulman ghising

झापा, २७ फागुन । झापाको कन्काई नगरपालिका नेपालकै पहिलो विद्युत चोरीमुक्त स्थानीय तह भएको छ । शनिबार एक कार्यक्रमका बीच नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले कन्काई नगरपालिकालाई विद्युत चोरीमुक्त स्थानीय तहका रुपमा झापाको कन्काई नगरपालिका  घोषणा  गरे । नगरपालिकाले प्रत्येक वडामा एक कार्यदल नै बनाएर विद्युत चोरीविरुद्ध अभियान चलाइरहेको छ ।

जसको संयोजन वडाध्यक्षहरूले नै गर्ने गरेका छन् । नगरपालिकाको ८० प्रतिशत क्षेत्रमा विद्युतीकरण भएको छ भने बाँकी २० प्रतिशत क्षेत्रमा आगामी २ वर्षमा विद्युत सेवा पुर्याइ सक्ने लक्ष्य छ । कार्यक्रममा प्रवन्ध निर्देशक घिसिङले नगरपालिकाले आफूलाई विद्युत चोरीमुक्त क्षेत्रमा रुपमा घोषणा गर्ने गरी चालेको कदमको प्रशंसा गर्दै यसले अन्य स्थानीय तहलाई पनि विद्युत चोरी नियन्त्रणको अभियान चलाउन उत्प्रेरणा दिने विश्वास व्यक्त गरे ।

उनले कन्काई नगरपालिकाका सबै क्षेत्रमा विद्युत पुर्याउन प्राधिकरणले सक्दो सहयोग गर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);