सहिद गोविन्दको परिवार अझै कष्टकर जिवन बिताउन बाध्य | ईमाउण्टेन समाचार

Our Network

माघ २ २०८१, बुधवार

सहिद गोविन्दको परिवार अझै कष्टकर जिवन बिताउन बाध्य

govinda gautam ko family kanchanpur

भारतीय पक्षले चलाएको गोली लागि गोविन्द गौतमको मृत्यु भएको एक वर्ष पुरा

पुष्कर भट्ट

कञ्चनपुर, २६ फागुन । कञ्चनपुरको पुर्नवासमा सीमा विवादको विषयलाई लिएर भारतीय पक्षले चलाएको गोली लागि गोविन्द गौतमको मृत्यु भएको एक वर्ष बितेको छ । सीमाको रक्षार्थ लडेका गौतमलाई नेपाल सरकारले सहिद घोषणा गर्‍यो । तर गोविन्दको परिवार भने अझै कष्टकर जीवन बिताउन बाध्य छन् ।

कञ्चनपुरको पुर्नवास नगरपालिका–४ आनन्द बजारमा गत वर्ष भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागि ३२ बर्षिय गोविन्द गौतमको मृत्यु भएको थियो । कञ्चनपुरको गोविन्द बजार र भारत लखिमपुरखिरीको बसही बजार जोड्ने नालामा कल्भर्ट निर्माणको विषयलाई लिएर भारतीय पक्षले अवरोध गरेपछि त्यसको बिरुद्धमा गोविन्द उत्रिएका थिए ।

सोही क्रममा भारतीय सुरक्षाकर्मीले गोली चलाउँदा उनको मृत्यु भएको थियो । आन्दोलनले उग्र रुप लिएपछि मात्रै नेपाल सरकारले गोविन्दलाई सहिद घोषणा गरेको थियो । तर गोविन्दको परिवारमा अझै खुसी छाउन सकेको छैन ।

सहिद गोविन्दका ७२ बर्षिय बुबा खेमलाल गौतम, ६७ बर्षिय आमा हरिदेवी गौतम र तीन छोरी सहित श्रीमती लक्ष्मी गौतम अध्याँरोमा जीवन विताउन बाध्य छन् । सरकारले सहिदको सम्झनामा गोबिन्दको सालिक बनाउने, परिवारलाई रोजगारी दिने सहमति गरेको थियो । तर सहमति कार्यान्वन नभएको परिवारको गुनासो छ ।

नेपाली र भारतीय बजार जोड्ने नालामा कल्भर्ट निर्माणको विषयलाई लिएर गोविन्दको मृत्यु भएपछि दुबै देशको बजार सुनसान छ । एकबर्षसम्म पनि बजार संचालन हुन सेकेको छैन । नेपाल भारत सीमाको विषलााई लिएर पटक-पटक आन्दोलन हुने गरेको छ ।

तर दुई देशको उच्च तहमा सीमा विवाद समाधानको लागि पहल भएको छैन । नेपाली भूमि भारतले मिचि रहँदा पनि नेपाल सरकार मौन बस्ने गरेको सीमा क्षेत्रका स्थानीयको भनाई छ । दुई देशबीचको सीमा विवाद समाधान गरेर भारतीय हस्तक्षेप रोक्ने हो भने मात्र सहिद गोविन्द गौतमप्रति सच्चा सम्मान हुने स्थानीयको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);