विदेश गएका नेपाली महिलाहरुको श्रम शोषण हुने गरेकोप्रति सरोकारवालाले चिन्ता | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

विदेश गएका नेपाली महिलाहरुको श्रम शोषण हुने गरेकोप्रति सरोकारवालाले चिन्ता

mahila haru

काठमाडौं, २१ फागुन । कामदारको रुपमा विदेश गएका नेपाली महिलाहरुको श्रम शोषण हुने गरेकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय महिला दिवस सप्ताहका अवसरमा राजधानीमा भएको कार्यक्रममा विदेशमा नेपाली महिला कामदारहरुको श्रम शोषण भइरहेकोप्रति चासो व्यक्त गरिएको हो ।

काम गरेर पैसा कमाउने उद्देश्यले विदेश गएका महिलाहरुले अदक्ष र कानुनी ज्ञानको अभावमा पिडा भोग्नु परेको कतिपयको भनाई थियो । गैर आवासिय संघ एनआरएनका अध्यक्ष भवन भट्टले विदेशमा रोजगारीमा रहेका नेपाली महिलाहरुको अवस्था दयनिय रहेको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराए । भट्टले गैर आवासिय संघले सरकारसँग सहकार्य गरे संयुक्त रुपमा उद्धारको काम अघि बढाइएको जानकारीसमेत दिए ।

गैर आवासिय संघले विदेशमा रहेका सवै महिलाहरुलाई सुरक्षित रोजगारीको व्यवस्था समेत गदैै आएको उनको भनाई थियो । कार्यक्रममा अन्य सहभागीले महिला आफैलाई सम्विन्धत देशको निती नियम र कानुनको जानकारी समेत राख्नु पर्ने आवश्यक्ता रहेको भन्दै सुझाब दिएका थिए । नेपालबाट हरेक वर्ष तीस हजारको हाराहारीमा महिला कामदारहरु विदेश जाने गरेका छन् ।