काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले पार्टीभित्र व्यक्तिवादी चरित्र हाबी भएको आरोप लगाएका छन् ।
सन्त नेता कृष्णप्रसाद भट्टराईको ७ औं पूण्य तिथिको अवसरमा काठमाडौमा भएको कार्यक्रममा नेता खतिवडाले कांग्रेसभित्र व्यक्तिवादी चरित्र हाबी भएकै कारण पार्टी कमजोर भएको बताए ।
देशको विकासका लागि भन्दा पनि परिवारको लागि काम गर्ने परिपाटिले नै कांग्रेसले पराजय व्यहोर्नुपरेको उनले टिप्पणी गरे ।
नेता खतिवडाले नेतृत्वलाई रचनात्मक प्रतिपक्षमा बसेर काम गर्न सुझाव समेत दिए । कार्यक्रममा सहभागिहरुले स्वर्गिय सन्त नेता भट्टराईको विचारलाई आत्मासाथ गरेमात्र कांग्रेस बलियो हुने बताएका थिए ।