भारतको त्रिपुरा, मेघालय र नगाल्याण्डमा विधानसभा निर्वाचनको मतगणना जारी | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

भारतको त्रिपुरा, मेघालय र नगाल्याण्डमा विधानसभा निर्वाचनको मतगणना जारी

त्रिपुरामा कम्युनिष्ट शासन अन्त्य हुने संकेत, भाजपा अगाडि

एजेन्सी, १९ फागुन । भारतका पूर्वोत्तर तीन राज्य त्रिपुरा, मेघालय र नगाल्याण्डमा विधानसभा चुनावको मतगणना भइरहेको छ ।

त्रिपुरामा १८ फेब्रुअरी तथा मेघालय र नगाल्याण्डमा २७ फेब्रुअरीमा मतदान भएको थियो । तीनै राज्यमा आज मतगणना भइरहेको हो । मतगणना भइरहेकामध्ये धेरैको ध्यान त्रिपुरा राज्यमा छ ।

२५ वर्षदेखि कम्युनिष्ट शासनमा रहेको त्रिपुरामा यसपटक भारतीय जनता पार्टी अगाडि देखिएको छ । ६० सिट रहेको विधानसभामा भाजपाले ३० सिटमा अग्रता लिएको छ भने कम्युनिष्ट पार्टीले १९ सिटमा अगाडि छ ।

त्रिपुरामा ५९ सिटका लागि मतदान भएको हो । चारीमाल विधानसभा सिटका प्रत्यासी रामेन्द्र नारायणको निधन भएकाले निर्वाचन रोकिएको छ ।

त्यहाँ मार्च १२ मा मतदान हुनेछ । सन् १९९३ देखि सत्तामा रहँदै आएको माक्र्सवादी कम्युनिष्ट पार्टी नेतृत्वको वाम गठबन्धनको सरकार रहे पनि यसपटक क्रम तोडिने देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);