टेलिकमको होली अफर | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

टेलिकमको होली अफर

nepal telecom

काठमाडौं, १७ फागुन । होली पर्वको अवसरमा नेपाल टेलिकमले विशेष अफर ल्याएको छ । ‘होली अफर’ फागुन १७ देखि चैत १ गतेसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएका छ।

होली अफर अन्र्तगत कम्पनीले राति १० देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने अनलिमिटेड भ्वाइस नाइट कल अफर उपलब्ध गराउने छ । उक्त अफर ३५ रुपैयाँमा खरिद गर्न सकिने र तीन दिनसम्म कल गर्न सकिने टेलिकमले जनाएको छ । त्यसैगरी, ५० रुपैयाँमा अल टाइम अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ । डाटा खरिद गरेको २४ घन्टासम्म यसको प्रयोग गर्न सकिन्छ । एक जिबी डाटा थ्रिजी-फोरजीको गतिमा चल्नेछ । त्यसपछि भने २५६ केबिपिएसको गतिमा चल्ने टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार एक रातका लागि मात्र प्रयोग गर्न अनलिमिटेड नाइट डाटा प्याक उपलब्ध हुनेछ । उक्त नाइट डाटा प्याक १५ रुपैयाँमा राति १० देखि विहान ६ बजेसम्म प्रयोग गर्न सकिने छ । एक जिबी डाटा थ्रिजी÷फोरजीको गतिमा चल्ने छ । त्यसपछि भने २५६ केबिपिएसको गतिमा चल्नेछ ।अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस अफर खरिद गरेपछि एक घन्टासम्म कम्पनीको नेटवर्कभित्र अनलिमिटेड कल गर्न, एसएमएस गर्न र डाटा चलाउन सकिने छ । सो प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने छ ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);