रेग्मीले जनस्वास्थ्यमा हेलचेक्राइँ नगरी काम गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए | ईमाउण्टेन समाचार

Our Network

माघ २ २०८१, बुधवार

रेग्मीले जनस्वास्थ्यमा हेलचेक्राइँ नगरी काम गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए

lokdarshan

काठमाडौं, १६ फागुन । मुख्यसचिव लोकदर्शन रेग्मीले जनस्वास्थ्यमा हेलचेक्राइँ नगरी काम गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका छन । स्वास्थ्यकर्मीको गल्तीबाट पीडित बनेकाबारे विभिन्न विवरण सार्वजनिक भइरहेको सन्दर्भमा मुख्यसचिव रेग्मीले जनस्वास्थ्यप्रति गम्भीर बन्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएका हुन ।

मंगलबार स्वास्थ्य सेवा दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा उनले सामाजिक भावनाको विकास गरेर स्वास्थ्यकर्मीले काम गर्नुपर्नेमा जोड दिए । हालैमात्र काठमाडौंस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका चिकित्सकले देब्रे खुट्टाको समस्या लिएर भर्ना भएकी चितवनकी विन्दु पौडेलको दाहिने खुट्टाको घुँडाको शल्यक्रिया गरेको तथ्य सार्वजनिक भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);