काठमाडौं, १६ फागुन । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले वातवरणलाइ प्रदुषण गर्ने जो कोहीलाइ पनि कानुनी दायरामा ल्याइने बताएका छन ।
सामुदायिक रेडियोले बुधबार राजधानीमा आयोजना गरेका कार्यक्रममा मन्त्री पण्डितले जनताको प्रत्यक्ष सरोकार राख्ने बिषय भएकाले वातावरणलाइ प्रदुषण गर्ने कसैलाइ पनि उन्मुक्ति नदिन बताए । उनले अवको एक बर्ष भित्र वातावरणलाइ स्वच्छ बनाउन दावी गरे । मन्त्री पण्डितले संचारका माध्यमहरुले हावको भरमा नभएर समाचाको सत्य तथ्यलाइ खोजेर अनुसंधान गरेर मात्र समाचर संप्रेशन गर्न आग्रह समेत गरे ।