काठमाडौँमा मोनोरेल संचालनका लागि महानगरले डिपीआर सम्झौता गर्दै | ईमाउण्टेन समाचार

Our Network

माघ ३ २०८१, बिहीबार

काठमाडौँमा मोनोरेल संचालनका लागि महानगरले डिपीआर सम्झौता गर्दै

Ktm MOnorail

फ्लाइओभरको योजनालाई तत्काल अघि नबढाइने

फूलमाया आले
काठमाडौं, १५ फागुन । काठमाडौंको चक्रपथ भित्र मोनोरेल संचालन गर्न काठमाडौँ महानगरपालिकाले एक हप्ताभित्र साइमेक्स इङ्क कम्पनीसँग विस्तृत अध्ययन प्रतिवेदन (डीपिआर) सम्झौता गर्ने भएको छ । फ्लाइओभरभन्दा मोनोरेल योजनालाई नै प्राथमिकता दिएर महानगरले तयारी अघि बढाएको हो ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले केहि महिना अघि काठमाडौँ र ललितपुरका विभिन्न स्थानहरुमा फ्लाइओभर र मोनोरेलको सम्भाव्यता अध्ययन गरेको थियो । जाइकाले सम्भाव्यता अध्ययन गरेको भएपनि यो विषयमा विस्तृत विवरण अहिलेसम्म काठमाडौँ महानगरपालिकालाई नबुझाएकोले महानगर आफैँले मनोरेल बनाउने जनाएको छ ।

फ्लाइओभर बनाउने ठाँउहरुमा नै मोनोरेल बनाइने भएकोले मनोरेल नै काठमाडाैँ महानगरको पहिलो प्राथमिकतामा छ । त्यसैले फ्लाइओभर योजनालाई तत्काल अघि नबढाई महानगरले मोनोरेल योजनालाई नै कार्यान्वयन गर्न लागेको हो ।

महानगरले आफैँले रिङराेड तथा काडमाडौँका अत्यावश्यक ठाउँमा मोनोरेलबारे सम्भाव्यता अध्ययन गर्न टोली खटाइसकेको छ । टोलीले प्रतिवेदन बुझाएलगत्तै साइमेक्स इङ्क कम्पनीसँग डिपीआर गर्ने महानगरले जनाएको छ । त्यसपछिको ३ महिना भित्र नै निमार्णको काम सुरु गर्ने महानगरको योजना छ ।

मोनेरेलका लागि साइमेक्सले गरेको प्रारम्भिक अध्ययनबाट चक्रपथभित्रका मुख्य स्थानहरुमा स्टेशनहरु प्रस्ताव गरेको छ । जसअनुसार गौशाला, एयरपोर्ट, सिनामंगल, तीनकुने, नयाँ बानेश्वर, त्रिपुरेश्वरलाई मोनोरेलको स्टेशनका रुपमा प्रस्ताव गरिएको छ । यस्तै टेकु १, टेकु २, कालिमाटी, सोल्टीमोड, मध्य कलंकी, कलंकी, सहिद र थापाथली चोकलाई पनि स्टेशनका लागि रुपमा प्रस्ताव गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);