रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८३, बिहीबार

रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ?

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेञ्चुरीले जेन–जी आन्दोलनका क्रममा पक्राउ परी लामो समयदेखि थुनामा रहेका युवाहरूलाई दशैँअघि नै रिहा गर्न सरकारसँग माग गर्नुभएको छ ।प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सेञ्चुरीले कानूनसम्मत प्रक्रिया अपनाएर बन्दी युवाहरूलाई दशैँमा घर फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । संसदको शुन्य समयमा बोल्दै सांसद सेञ्चुरीले आन्दोलनमा सहभागी भएकै आधारमा र क्यामेरामा अनुहार देखिएकै भरमा युवाहरूलाई राज्यले लामो समयदेखि थुनामा राखेको भन्दै आपत्ति जनाउनु भयो । केही दिनअघि सदनमा सहिदकी आमाले न्यायका लागि बगाएको आँसु स्मरण गर्दै उनले सरकारको जवाफदेहितामाथि प्रश्न उठाउनु भयो ।

सरकार कुन प्रक्रियामा अड्किएको हो र कसको निर्णयको पर्खाइमा छ भन्दै उहाँले तत्काल स्पष्ट पार्न आग्रह गर्नुभयो । दशैँको समयमा देशभर खुशीयाली छाउँदा केही परिवारमा भने अझै पनि आफ्ना सन्तान घर फर्किएलान् कि भन्ने आशा र पीडाको मिश्रित प्रतीक्षा रहेको भन्दै उहाँले मानवीय संवेदनाका आधारमा पनि रिहाइ आवश्यक रहेको बताउनु भयो । कानूनले अनुमति दिएको ठाउँमा सरकारले उदारता देखाउनुपर्नेमा उहाँको जोड छ ।

Leave a Reply