आजको मौसम | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८३, बिहीबार

आजको मौसम

काठमाडौं ।

आज दिउँसो कोशी, मधेस, वागमती र गण्डकी प्रदेशमा अधिकांश बादल लाग्ने र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोशी, वागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, वागमती र  गण्डकी प्रदेशको तराई भू–भागको धेरै स्थान, लुम्बिनी प्रदेशको तराई भू–भागको केही स्थानमा तथा सुदूरपश्चिम  प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, मधेश, वागमती र गण्डकी प्रदेशको थोरै स्थानमा तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।  कोशी र वागमती  प्रदेशको पहाडी भू–भाग एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ । राति कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, वागमती,  गण्डकी र  लुम्बिनी प्रदेशको तराई भू–भागको धेरै स्थानमा तथा सुदूरपश्चिम  प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, मधेश, वागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा लुम्बिनी  प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भाग एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ ।

Leave a Reply