त्रिपुरेश्वरमा बसमा आगलागी घटना : भित्रै थिए चालक, उपचारका लागि पठाइयो अस्पताल | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८३, सोमबार

त्रिपुरेश्वरमा बसमा आगलागी घटना : भित्रै थिए चालक, उपचारका लागि पठाइयो अस्पताल

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले आफू भित्रै बसेर गाडीमा आगो लगाएका छन् । बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसका चालक २५ वर्षीय दावा लामाले आगो लगाएका हुन्। प्रहरीले घटनाको समयमा बसमा कुनै पनि यात्रु नभएको जानकारी दिएको छ । यात्रुहरू नभएको अवस्थामा चालक लामा गाडीभित्रै बसेर आगो लगाएपछि बस ह्वारह्वार्ती बलेको थियो। आगलागी लगत्तै घटनास्थलमा दमकल पुगेर आगो निभाएको थियो । आफैँले लगाएको आगोबाट जलेर घाइते भएका चालक लामालाई उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।चालकले आफ्नै बसमा किन आगो लगाए भन्ने यकिन कारण भने खुलिसकेको छैन। यद्यपि, ट्राफिक प्रहरीसँगको विवादका कारण आक्रोशित भएर उनले यस्तो कदम चालेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख, एसएसपी दिलीप घिमिरेले घटना भर्खरै भएकोले यसबारे विस्तृत अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको जानकारी दिएका छन्।

Leave a Reply