आजको मौसम | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८३, शुक्रबार

आजको मौसम

काठमाडौँ ।  आज दिउँसो देशभर साधारणतया बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, वागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । कोशी, वागमती, र गण्डकी प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । देशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।  कोशी, वागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी तथा कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति देशभर साधारणतया बादल लाग्नेछ ।  कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा लुुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । कोशी र गण्डकी  प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा, वागमती प्रदेशका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू–भागका केही, वागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी  प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

Leave a Reply