काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गरेका छन् । मन्त्रिमण्डल विस्तासँगै नवनियुक्त मन्त्रिहरुले पद तथा गोपनियताको सपथ पनि खाएका छन् । एमालेबाट २ माओवादीबाट २ जना मन्त्रीले आज सपथ खाएका छन् ।
एमालेबाट अर्थ मन्त्रीमा पूर्व गभर्नर डा. युवराज खतिवडाले सपथ खाएका छन् भने एमालेका महासचिव ईश्वर पोखरेल रक्षा मन्त्री भएका छन् । महासचिव पोखरेल प्रधानमन्त्रीपछिको दोस्रो वरियता सहित रक्षामन्त्री बनेका छन् ।
माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा बादलले गृहमन्त्रीका रुपमा सपथ खाएका छन् । यसैगरी माओवादीबाट मातृका यादव पनि मन्त्री भएका छन् । उनले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीका रुपमा सपथ खाएका छन् ।
एमालेबाट अर्थ मन्त्रीमा पूर्व गभर्नर डा. युवराज खतिवडाले सपथ खाएका छन् भने एमालेका महासचिव ईश्वर पोखरेल रक्षा मन्त्री भए । माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा बादलले गृहमन्त्रीका रुपमा सपथ खाए भने मातृका यादवले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीका रुपमा सपथ खाएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चार मन्त्रीलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, लगाएत एमाले र माओवादीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
यही फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका एमाले अध्यक्ष ओलीले माओवादीलाई समेत समेटेर आज मन्त्रिमण्डल विस्तार गरेका हुन् । यस अघि मन्त्रिपरिषद् तीन सदस्यीयमात्रै थियो । यो सँगै केपी ओली नेतृत्वको मन्त्रिमण्डल सात सदस्यीय भएको छ।
माओवादीले फागुन ३ गते आफ्नो तर्फबाट कुनै पनि व्यक्तिलाई मन्त्रीमा सिफारिस गरेको थिएन । एमाले र माओवादीबीच पार्टी एकताका लागि प्याकेजमा सहमति भएपछि माओवादीले आज आफ्नो तर्फबाट २ जनालाई सरकारमा पठाएको हो ।