विद्युतीय सवारी दुर्घटना नियन्त्रण गर्न ‘ईभी सेफ्टी एजुकेसन’ कार्यक्रम सञ्चालन गर्न सांसद बमको माग | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८३, बुधवार

विद्युतीय सवारी दुर्घटना नियन्त्रण गर्न ‘ईभी सेफ्टी एजुकेसन’ कार्यक्रम सञ्चालन गर्न सांसद बमको माग

काठमाडौँ ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुकार बमले विद्युतीय सवारीसाधन (ईभी) दुर्घटनाको दर बढ्दै गएको भन्दै ‘ईभी सेफ्टी एजुकेसन’ कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले सवारी चालकको लापरवाही, कम उमेर र अनुभवहीन चालक तथा सार्वजनिक सवारी चालक अनुमतिपत्र वितरण प्रक्रिया प्रभावकारी भए नभएको विषयमा विषयमा समीक्षा गरी आवश्यकताअनुसार पुनरालोकन गर्न पनि माग गर्नुभयो । उहाँले दुर्घटनाको विषयलाई सवारीसाधनको कमजोरीमा  मात्र सीमित नगरी समग्र सडक सुरक्षा प्रणालीसँग जोडेर हेर्नुपर्ने अध्ययन गर्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले चालकको अनुभव, सीप र नियमन प्रणालीलाई समेत दुर्घटनाको कारणका रूपमा अध्ययन गर्नुपर्ने बताउनु भयो । सांसद बमले ईभीको प्रविधि अन्य सवारीसाधनभन्दा फरक भएकाले यसको सुरक्षित प्रयोग, ब्याट्रीको अवस्था पहिचान, चार्जिङका क्रममा अपनाउनुपर्ने सावधानी र दुर्घटनापछि गर्नुपर्ने कामबारे प्रयोगकर्तालाई जानकारी दिन आवश्यक रहेको पनि बताउनु भयो ।

उहाँले यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, सवारी उत्पादक र प्राविधिक विज्ञलाई सहभागी गराएर सरल नेपाली भाषामा ईभी सुरक्षा निर्देशिका तयार गर्न गर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।

Leave a Reply

ताजा समाचार