काठमाडौँ । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले विपद्पछिको राहत, खोज तथा उद्धार, पुनस्र्थापना र पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले बाढीपीडितका लागि राहत संकलन भएपनि रसुवाका विभिन्न क्षेत्रमा पर्याप्त राहत पुग्न नसकेको जनगुनासो आएको भन्दै प्रभावित क्षेत्रमा तत्काल राहत पु¥याउन माग गर्नुभयो । उहाँले बेपत्ता नागरिकको खोजीमा ढिलाइ, राहत वितरणमा विभेद र पुनस्र्थापनाको तयारी समेत नभएको भन्दै सरकारको आलोचना पनि गर्नुभयो । उहाँले सरकारले आफ्नो सामथ्र्यको समयमै आँकलन गर्न नसक्दा ठूलो क्षति भएको पनि बताउनु भयो । उहाँले विश्वविद्यालय तथा क्याम्पसका इन्जिनियर र विभिन्न क्षेत्रका विज्ञलाई परिचालन गर्न नगरेको तथा सर्वदलीय बैठकमार्फत राजनीतिक दलहरूसँग समन्वय र सहकार्य गर्ने कार्यमा समेत सरकार चुकेको टिप्पणी गर्नुभयो ।
उहाँले तत्काल पुनर्निमाण प्राधिकरण गठन गर्न समेत सरकारसँग माग गर्नुभयो ।




