काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेन–जी आन्दोलनका शहीदहरूको बलिदान खेर जान नदिने बताउनुभएको छ ।
जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उहाँले सुशासनको पक्षमा आवाज उठाउँदा ज्यान गुमाएका शहीदहरुको बलिदान खेर जान नदिने बताउनुभएको हो । उहाँले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध कठोर भएर लाग्ने बताउनु भयो । पूर्व वा बहालवाला जुनसुकै पदाधिकारी भएपनि भ्रष्टाचार गरेको प्रमाणित भएमा कारबाही हुने उहाँको भनाई छ । १ रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाणित भएमा प्रत्येकको कठालो समातेर कारबाही गर्ने उहाँको दाबी छ । उहाँले शहीदका परिवार, घाइते तथा आन्दोलनका माग पूरा गर्न सरकारलाई आग्रह पनि गर्नुभयो । उहाँले जेन–जी शहीदका कारण देशमा नयाँ सुशासनको आधार बनेको दाबी गर्नुभयो ।
सरकारको नेतृत्व र नयाँ राजनीतिक शक्तिमाथि उठिरहेका प्रश्न उठेको बताउँदै उहाँले आफूहरू अनुभवका हिसावले नयाँ भएपनि भ्रष्ट नभएको दाबी गर्नुभयो । उहाँले जेन–जी आन्दोलनका सहभागी र शहीद परिवारलाई निराश नहुन पनि आग्रह गर्नुभयो ।





