राजनीति

देशभर वर्षा र हिमपातको सम्भावनाः पहाडी तथा हिमाली क्षेत्रमा शतर्कता अपनाउन सुझाव

काठमाडौं ।  देशभरको मौसममा आगामी २४ घण्टाभित्र उल्लेख्य परिवर्तन आई विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार हाल देशभरको मौसम साधारणतया बदली अवस्थामा रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने प्रक्षेपण गरिएको छ । देशका हिमाली भू–भागका केही स्थान र पहाडी भू–भागका धेरै स्थानहरूमा मेघगर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । तराई क्षेत्रको हकमा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेस, कोशी र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । यस्तै, देशका पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएको छ । आज राति पनि देशभरको मौसममा साधारणतया बदली कायमै रहनेछ । देशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको आकलन गरिएको छ। तराईका थोरै स्थानहरूमा समेत मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने महाशाखाको बुलेटिनमा उल्लेख छ । विशेषगरी कोशी, वागमती र गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सो क्षेत्रका बासिन्दालाई आवश्यक शतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।

Related Post
Share

This website uses cookies.