पाँच संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८३, सोमबार

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ सम्बन्धमा नेपाल पर्वतारोहण संघ लगायत सरोकारवाला निकायहरूसँग छलफल हुनेछ । त्यस्तै बिहान साढे ९ बजे बस्ने कृषि तथा प्राकृतिक श्रोत समितिको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदन माथि छलफल हुनेछ । त्यस्तै बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा पूर्वाधार विकास र सार्वजनिक निजी साझेदारी सम्बन्धमा छलफल हुनेछ । त्यस्तै राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल हुनेछ । त्यस्तै राष्ट्रिय सभाअन्तर्गतकै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा विषय विज्ञ धन प्रसाद लामिछानेसँग खर्क नीति सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply

ताजा समाचार