संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८३, शनिबार

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौँ ।

संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुखले खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रश्तावलाई निर्णयार्थ प्रश्तुत गर्नुहुने, महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ प्रश्तुत गर्नुहुने, परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, महिला, बालवालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले मानव वेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ । त्यस्तै सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रश्ताव गर्नुहुने कार्यसूचि रहेको छ ।

Leave a Reply