अबको राजनीति सरकार कसरी र कस्तो गठन भन्ने कुरामा केन्द्रित छ । एमाले-माओबादी एउटै पार्टी हुने तरखर भईरहेको छ । प्रधानमन्त्री ओली माओबादीमै मात्र सिमित नभएर मधेश केन्द्रित दलहरु संग पनि साझेधारी गर्न बार्ता गरिरहेका छन् । बालुवाटारमा दुइ पार्टीको बैठकका बीचमा संघीय समाजबादी फोरमका अध्यक्ष पुगेको कुराले फोरम पनि सरकारमा जान्छ भन्ने अड्कल बाजी गर्न थालिएको छ । फोरमको अहिलेको स्थिति के हो ? फोरम के सोचिरहेको छ र के गर्दै छ ? यी र यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता प्रकाश गिरीले संघीय समाजबादी फोरमका नेता डा. शिवजी यादवसँग गरेको कुराकानी हेर्नुहोस् :