इण्डोनेसियामा डुङ्गा दुर्घटनाः चार दिनपछि पाँच जनाको जीवितै उद्धार | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

इण्डोनेसियामा डुङ्गा दुर्घटनाः चार दिनपछि पाँच जनाको जीवितै उद्धार

इण्डोनेसियाको दक्षिण सुलावेसी प्रान्तमा ‘केएम नुरुल साल्सा’ नामक डुङ्गा दुर्घटना भई बेपत्ता भएका पाँच जनालाई चार दिनपछि जीवितै फेला पारिएको छ । देशको खोज तथा उद्धार एजेन्सीले आईतवार जानकारी दिएअनुसार ती व्यक्तिहरूलाई माटाल्लाङ टापु नजिकै एउटा माछा मार्ने डुङ्गाले फेला पारेको थियो । समुन्द्रको बीचमा माछा आकर्षित गर्न प्रयोग गरिने विशेष यन्त्रको सहारामा उनीहरू चार दिनसम्म तैरिन सफल भएको अधिकारीहरूले बताएका छन् । मकासर खोज तथा उद्धार कार्यालयका प्रमुख मुहम्मद आरिफ अनवरले जीवितै उद्धार गरिएकाहरूको स्वास्थ्य परीक्षण र थप उपचार भइरहेको जानकारी दिएका छन् । उक्त दुर्घटनामा अझै २० जना बेपत्ता रहेका छन् । बेपत्ताहरूको खोजी कार्यलाई थप प्रभावकारी बनाउन केन्दारी र माउमेरेस्थित खोज तथा उद्धार कार्यालयहरूबाट थप जनशक्ति र जहाजहरू परिचालन गरिएको अनवरले बताए । खोजी क्षेत्रलाई विस्तार गरी उद्धार कार्य जारी राखिएको एजेन्सीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार