दक्षिण अफ्रिकालाई हराउँदै केन्या फिफा यु–१७ महिला विश्वकपका लागि छनोट | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८३, बुधवार

दक्षिण अफ्रिकालाई हराउँदै केन्या फिफा यु–१७ महिला विश्वकपका लागि छनोट

केन्याको जुनियर स्टारलेट्स टोलीले दक्षिण अफ्रिकालाई पराजित गर्दै सन् २०२६ को फिफा यु–१७ महिला विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ । छनोट चरणको अन्तिम खेलको दोस्रो लेगमा दक्षिण अफ्रिकामाथि ३–१ को जित निकाल्दै केन्याले विश्वकपको टिकट पक्का गरेको हो । नैरोबीस्थित न्यायो नेशनल स्टेडियममा भएको उक्त खेलमा प्राप्त नतिजासँगै केन्याले समग्रमा ५–१ को फराकिलो अग्रतासहित विश्वकपमा स्थान बनाएको हो । यसअघि भएको पहिलो लेगको खेलमा पनि केन्याले जित हासिल गरेको थियो । मुख्य प्रशिक्षक मिल्ड्रेड ओमारी चेचेको नेतृत्वमा केन्याली टोली दोस्रो पटक विश्वकपका लागि छनोट भएको हो । यसअघि सन् २०२४ मा केन्याले यस प्रतियोगितामा पहिलो पटक ऐतिहासिक डेब्यु गरेको थियो। । टोलीको यस सफलताप्रति खुशी व्यक्त गर्दै केन्याका राष्ट्रपति विलियम रुटोले भर्चुअल माध्यमबाट टोलीलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

Leave a Reply

ताजा समाचार