सिरियाको युफ्रेटस नदीमा डुङ्गा पल्टिँदा तीन बालबालिकाको मृत्यु, केही बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

असार २८ २०८३, सोमबार

सिरियाको युफ्रेटस नदीमा डुङ्गा पल्टिँदा तीन बालबालिकाको मृत्यु, केही बेपत्ता

सिरियाको पूर्वीप्रान्त देइर अल–जोरस्थित युफ्रेटस नदीमा आईतवार एउटा यात्रुबाहक डुङ्गा पल्टिँदा कम्तीमा तीन बालबालिकाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनापछि केही यात्रीहरू अझै बेपत्ता रहेका छन् । नदीको पश्चिमी किनारबाट पूर्वी क्षेत्रमा रहेका गाउँतर्फ जाँदै गरेको उक्त डुङ्गा अल–हुवेका नजिकै रहेको एउटा सैनिक पुलमा ठोकिएर पल्टिएको थियो । देइर अल–जोरका आपतकालीन तथा विपद् व्यवस्थापन निर्देशक जैन अल–अबौदले दिएको जानकारीअनुसार दुर्घटनालगत्तै उद्धार टोलीले दुई बालबालिकाको शव फेला पारेको थियो भने १३ जनाभन्दा बढीको जीवितै उद्धार गरेको थियो । तेस्रो बालकको शव भने घटनास्थलबाट करिव २० किलोमिटर तल अल–ताबिया गाउँ नजिक फेला परेको स्थानीय बासिन्दाले बताएका छन् । दुर्घटनामा बाँच्न सफल एक यात्री मोहम्मद सइद मोहिद्दीन अल–अहमदकाअनुसार राति करिव १ बजे डुङ्गा पुलमा ठोकिएर पल्टिएको थियो । उनले आफूलाई पुलमुनिबाट उद्धार गरिएको जानकारी दिए ।
डुङ्गामा सवार यात्रुहरूको यकिन सङ्ख्या अझै खुल्न सकेको छैन । बेपत्ताहरूको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन् ।

Leave a Reply