सुकुम्बासीमाथि राज्यले दुर्व्यवहार गर्दै आतंक मच्चाएको आरोप | ईमाउण्टेन समाचार

Our Network

असार २७ २०८३, आइतबार

सुकुम्बासीमाथि राज्यले दुर्व्यवहार गर्दै आतंक मच्चाएको आरोप

काठमाडौं ।

सुकुम्बासीमाथि राज्यले दुव्र्यवहार र आतंक मच्चाएको आरोप लगाउँदै अखिल नेपाल युवक संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । संघले आईतवार सरकार जनविरोधी नीतिमा अघि बढिरहेको भन्दै काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । संघले प्रहरीको अमानवीय व्यवहारका कारण गणेश नेपाली आत्मदाहको प्रयास गर्न बाध्य भएको दाबी गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न समेत माग गरेको छ । संघका अध्यक्ष सुवास जिसीले सुकुम्बासीमाथि भएको राज्यको व्यवहार र गणेश नेपालीलाई आत्मदाह गर्न बाध्य बनाइएको कारण आफूहरु  प्रदर्शनमा उत्रिएको बताउनु भयो ।सुकुमवासीको उचित व्यवस्थापनको मागसहित काठमाडौंको माइतीघरमा लामो समयदेखि आन्दोलन हुँदै आएको छ

Leave a Reply

ताजा समाचार