इन्धनको मूल्य घटेसँगै भियतनाममा रेल भाडा १० प्रतिशतले कटौती | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८३, शुक्रबार

इन्धनको मूल्य घटेसँगै भियतनाममा रेल भाडा १० प्रतिशतले कटौती

आन्तरिक बजारमा इन्धनको मूल्यमा आएको गिरावटसँगै भियतनामको रेलवे सञ्चालकले उत्तर–दक्षिण रेल सेवाको भाडामा १० प्रतिशत कटौती गरेको छ । भियतनाम न्युज एजेन्सीका अनुसार बुधवारदेखि आगामी अगस्ट १६ सम्मका लागि यो छुट लागू गरिएको हो । भाडा समायोजनको यो निर्णयले यात्रुहरूको यात्रा लागत घटाउन सहयोग पुग्ने र उनीहरूलाई रेल सेवा प्रयोग गर्न थप प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।

१० प्रतिशतको यो छुट उत्तर–दक्षिण एक्सप्रेसका सबै रेलहरूमा उपलब्ध हुनेछ । सिटको वर्गीकरणअनुसार प्रति टिकट १ लाख १० हजार भियतनामी डोङ (करिव ४.३६ अमेरिकी डलर) देखि २ लाख ८० हजार भियतनामी डोङ (करिव ११.११ अमेरिकी डलर) सम्म भाडा घट्ने समाचारमा उल्लेख छ । यो योजना दक्षिणको प्रमुख आर्थिक केन्द्र हो चि मिन्ह सहरको साही गन स्टेसनदेखि मध्य प्रान्त खान होआको न्हा ट्राङ स्टेसनसम्मका सेवाहरूमा लागू हुनेछ । यसका साथै, राजधानी हनोई र मध्य प्रान्त घे आनको भिन्ह स्टेसन जोड्ने रेलका केही निश्चित स्लिपर कम्पार्टमेन्टहरूमा समेत यो सहुलियत प्रदान गरिनेछ ।

Leave a Reply