नेपाली समाग्री तथा सेवाहरु प्रवर्दन गर्ने उद्देश्यले छैटौं मेड इन नेपाल एक्स्पो आयोजना | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

नेपाली समाग्री तथा सेवाहरु प्रवर्दन गर्ने उद्देश्यले छैटौं मेड इन नेपाल एक्स्पो आयोजना

नेपालमा उत्पादित नेपाली समाग्री तथा सेवाहरु प्रवर्दन गर्ने उद्देश्यले छैटौं मेड इन नेपाल एक्स्पो आयोजना हुने भएको छ ।

made in nepal expo

काठमाडौं, ९ फागुन । नेपालमा उत्पादित नेपाली समाग्री तथा सेवाहरु प्रवर्दन गर्ने उद्देश्यले छैटौं मेड इन नेपाल एक्स्पो आयोजना हुने भएको छ । हाम्रो पनि राम्रो पनि भन्ने मुल नाराका साथ आयोजना हुने लागेको एक्स्पो चैत २ गते देखि ४ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।

नेपाली युवा उद्यमी मञ्चले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एक्स्पोसम्बन्धी जानकारी दिएको हो । एक्स्पोमा नेपालमा उत्पादन भएका सानादेखि ठूला सबै सामाग्री प्रदर्शनीमा राखिने छ । नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष सुर्दशन बस्नेतले नेपाली वस्तु प्रवद्र्धन गर्न सके अर्थतन्त्रमा सहयोग पुन्ने विश्वास लिएको बताए ।

बस्नेतले आगमाी दिनमा नेपालमा उत्पादन भएका नेपाली सामाग्री विदेश निर्यात गर्ने योजना रहेको बताए । तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा निशुल्क प्रवेश रहेको छ । प्रदर्शनीमा देशभरीका ठाउँका पहिचान बोकेका वस्तु र सेवाहरु राखिने छन् । प्रदर्शनीमा एक सय ५० भन्दा बढी स्वदेशी प्रदर्शकहरुले भाग लिने छन् ।